सर्लाहीमा रूखबाट लडेर बृद्वको मृत्यु

२०८१ पुष १३, शनिबार १८:४२

लालबन्दी – सर्लाहीमा रूखबाट लडेर एक जना बृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकै बागमती नगरपालिका–२, धरहरा निवासी ७२ वर्षीय सीताराम भण्डारी रहेका छन्।

उनको आज (शनिबार) बिहान घाँस काट्ने क्रममा बर्रोको रुखबाट लडेर मृत्यु भएको हो। रुखबाट लडेका उनलाई तत्काल उपचारका लागि हरिवनमा लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए।

मृतकको शव आजै दिउँसो जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई बुझाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार