सर्लाही – कालिकोट केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज (आइतबार) बिहान ५ः०९ बजे जिल्लाको ओडानाकु केन्द्रबिन्दु ३.६ म्याग्निच्युडको भूकम्प गएको हो।
पुस महिना सुरु भएयता मात्र पश्चिम नेपाल केन्द्रबिन्दु भएर आज गएको भुकम्पसहित ८ वटा भुकम्प गईसकेका छन्। आज गएको भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।