सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८१ पुष १४, आईतवार ०९:१७

लालबन्दी – सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको ईश्वरपुर नगरपालिका–७, बयलवासमा हिँजो (शनिबार) साँझ बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०, बेलाकाका ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको छ भने अर्का मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९, खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुुवार घाइते भएका छन् ।

घाईतेको अहिले बयलवासस्थित स्थानीय अस्पतालमा उपचार भईरहेको छ। मृतक चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार