जनवरी १ मा जनमत पार्टीले धोती दिवस मनाउने, कार्यकर्तालाई धोती लगाएर कार्यक्रममा उपस्थित हुन आग्रह

२०८१ पुष १४, आईतवार १७:२१

सर्लाही – आज (आइतबार) बसेको जनमत पार्टीको सचिवालय बैठकले अंग्रेजी नयाँ वर्षको दिनमा धोती दिवस मनाउने निर्णय गरेको छ। पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको हो ।

आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन जनमतले पार्टी पङ्तिमा निर्देशन दिएको छ । धोती दिवस सबै जिल्लामा मनाउने जनमतले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार