आजको मौसम: तराईमा बाक्लो हुस्सु, यातायात सेवा प्रभावित हुनसक्ने

२०८१ पुष १५, सोमबार ०७:४७

सर्लाही – आज बिहान देखि तराई तथा उपत्यकाका केही स्थानमा बाक्लो हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका केही स्थानमा कुहिरो समेत लागेकाले दैनिक जनजीवन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने छ।

दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बिभागले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

यस्तै राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना छ भने हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार