सर्लाहीका यी स्थानमा आजदेखि २९ गतेसम्म बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने

२०८१ पुष १५, सोमबार ०९:२७

सर्लाही – सर्लाहीमा आजदेखि २९ गतेसम्म बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ। पुरानो तार हटाएर नयाँ तार लगाउनु पर्ने भएका कारण विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाले जनाएको छ।

केन्द्रले हिँजो (आईतबार) एक सूचना जारी गर्दै आजबाट २९ गते ( दुई साता) सम्म केन्द्रबाट आपूर्ति हुने बिद्युत जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपूर्वा, पर्सा, चन्द्रनगर, ब्रह्मपुरी, कविलासी, चक्रघट्टा, कौडेना, बलरा, गोडैता, विष्णु, रामनगरलगायतका पालिकामा दैनिक बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।

नवलपुरस्थित ग्रिड सवस्टेशनदेखि मलङ्गवासम्म तानिएको ३३ केभी लाइनको पुरानो तार हटाएर नयाँ तार लगाउन (कडक्टर अपग्रेडिङ) गर्न लागिएका कारण यसरी बिद्युत अवरुद्ध गरिएको सूचनामा उल्लेख छ। केन्द्रले यसघि बैशाख / जेठमा दिनभर बिद्युत अवरुद्ध गरेर उक्त काम गर्न थालेकामा गर्मीमा बिद्युत अवरुद्ध गरेको भन्दै चौतर्फी बिरोध भएपछी काम रोकिएको थियो।

यो हेर्नुहोस सूचना:

May be an image of text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार