सर्लाही – रौतहटमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले लाखौँ क्षति भएको छ।
रौतहट प्रहरीका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार जिल्लाको राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति स्थानीय जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट आगलागी भएको हो।
आगलागीबाट ८ वटा घर पूर्ण रुपमा जलेको र आठ/दश लाखको क्षति भएको हुन् सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको, र घटनाको बिस्तृत अनुसन्धान भईरहेको धड्कन एफ एमसंग रायले बताए।
आगलागी सशस्त्र प्रहरी, प्रहरी, गौर नगरपलिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे पुर्ण रुपमा नियन्त्रणमा लीइएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले बताए।