डेढ क्विन्टल भन्दा बढी गाँजासहित दुई जना पक्राउ

२०८१ पुष १५, सोमबार १२:३३

सर्लाही – पर्सा प्रहरीले डेढ क्विन्टल भन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजाल विश्वकर्मा रहेका छन।

पर्सा प्रहरीका अनुसार आइतबार उनीहरु सवार भई परवानीपुरबाट ड्राइपोर्ट जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकमा प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका भेटिएका थिए।

घलान उक्त ट्रकको धनि रहेको बुझिएको छ। प्रहरीले उनीहरुको साथबाट १६० किलो गाँजा र ट्रक बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार