मधेशमा ५ महिनामा २५३ रोपनीमा लगाइएको गाँजा फडानी

२०८१ पुष १५, सोमबार १९:००

सर्लाही – पाँच महिनाको अवधिमा प्रहरीले मधेशसहित देशभर करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।

चालु आर्थिक वर्षदेखि मंसिर मसान्तसम्मको अवधिमा ५ हजार ८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम कोसी प्रदेशमा गाँजा फडानी भएको छ ।

बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, काठमाडौं उपत्यकामा १२० रोपनी, सुदूरपश्चिम प्रदेशमा १७२ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी, लुम्बिीनी प्रदेशमा १६९ रोपनी, मधेश प्रदेशमा २५३ रोपनी, कोसी प्रदेशमा १ हजार ८१४ रोपनी गाँजा फडानी गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार