लालबन्दी – सर्लाहीमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ का २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दास रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गएराती जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया चोकमा ज १ त ९८७६ नम्बरको ट्याक्टर र ज ४ प ३७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा परि उनीहरु दुवै जना घाईते भएका थिए। उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि ट्याक्टर र ट्याक्टरका चालक जिल्लाकै बलरा नगरपालिका–७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।