गोडैता – सर्लाहीको हरिवनबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका–११ स्थित भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्रकुमार घिसिङ र वाग्मती नगरपालिका–२ का ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन्।
उनीहरुलाई गएराती हरिवन नगरपालिका–६ चारली चोकबाट पक्राउ गरिएको हो। उनीहरु सवार भई घर्कौलीबाट ढुंग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
उनीहरुको साथबाट एक थान एकनाले भरुवा बन्दुक, ५० ग्राम बारुद र ४७ पिस छर्रा बेरिङ बरामद भएको र यस सम्बन्धिमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।