सर्लाहीमा बसको ठक्करबाट ड्युटीमा रहेका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

२०८१ पुष १७, बुधबार ०८:४०

सर्लाही – सर्लाहीमा यात्रुवाहक बसको ठक्करबाट ड्युटीमा रहेका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ।

मंगलबार राति जिल्लाको बलरा नगरपालिका–९, छतौनामा बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको यात्री बसको ठक्करबाट छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो।

तिब्र गतिमा रहेको उक्त बसको ठक्करबाट तुलाधर गम्भीर घाईते भएका थिए। उनलाई उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट बस, बसचालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार