प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

२०८१ पुष १७, बुधबार ११:१४

सर्लाही – प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको तेस्रो जिल्ला अधिवेशन मंगलबार मुर्तियामा सम्पन्न भएको छ। अधिवेशन नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्लेको आतिथ्यतामा सम्पन्न भएको हो।

अधिवेशनले सिंगबहादुर थापा (श्रवन) को अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा क्षितिज बिश्वकर्मा, महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाहा, सहसचिवद्वयमा जितेन्द्र कुशवाहा र सुवास कुमार मण्डल तथा कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन भएका छन्।

त्यसैगरी, चन्द्र बहादुर जिम्बा, सरोज राय यादव, रामनारायण साह र जितेश यादव सदस्यमा चयन गरिएको छ। अधिवेशनले प्रदेश प्रतिनिधिमा सन्तोष यादव, प्रेमनाथ पौडेल तथा केन्द्रिय प्रतिनिधिमा सलिना मगर र राजेश थापा मगरलाई पठाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार