नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट, मधेसमा मात्र ११ हजार ७ सय ४०

२०८१ पुष १७, बुधबार १६:४०

सर्लाही – नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ।

कार्यालयले बुधबार ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ सार्वजनिक गर्दैं नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको जनाएको हो।

हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन्।

यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि सबै होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्ट समेटेर बृहत सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ। मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार