बाल गायक सचिन परियारको निधन

२०८१ पुष १८, बिहीबार १२:४४

सर्लाही – बालगायक सचिन परियारको निधन भएको छ। आज बिहान उनको उपचारका क्रममा महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। उनको निधन आज बिहान मात्र भएको उनका बुबा तेजेन्द्र परियारले बताए।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार