सर्लाही – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लाहरुसहित काठमाडौँमा पनि महशुस गरिएको थियो।