सर्लाहिसहित तराईका धेरै स्थानमा हुस्सु, जनजीवन प्रभावित

२०८१ पुष १९, शुक्रबार १०:३४

सर्लाही – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आवतजावत तथा सवारी सञ्चालनमा समेत समस्या भएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। केहि दिन देखि तराईमा दिनभर नै हुस्सु र कुहिरो लाग्दै आईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार