सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते

२०८१ पुष १९, शुक्रबार ११:४९

गोडैता – सर्लाहीमा उखु मिलमा पुर्याएर फर्किंदै गरेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको धनकौल गाउँपालिका-५, छठीघाट पुल नजिकै आज बिहान ज १ त ५७१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

मिलमा उखु पुर्याएर फर्कंदै गरेको खालि ट्याक्टर सोहि पुलबाट तल खसेको हो। ट्याक्टरमा चालक मात्र रहेको बुझिएको छ। दुर्घटनामा ट्याक्टर चालक भारतीय नागरिक घाईते भएका छन्। दुर्घटनास्थलमा बेहोस भेटिएका घाईतेलाई उपचारका लागि तत्काल जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाईएको छ।

प्रहरीका अनुसार ट्याक्टर हरिवनस्थित एक चिनी मिलमा उखु पुर्याएर धनकौलतर्फ फर्कदै थियो। बिहान बाक्लो हुस्सु लागेका कारण ट्याक्टर दुर्घटना भएको हुन् सक्ने आशंका गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय हरकटवाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार