सर्लाही – अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सप्तरीका एकसहित दुई जना काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका-२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल र कपिलवस्तुको बाणगंगा नगरपालिका-३ बस्ने ३३ वर्षीय बसन्त बस्याल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेका बा.प्र ०१-००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१-००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। यस सम्बन्धमा अनुसन्धान भईरहेको छ।