सर्लाहीमा इँटा व्यवसायीको हत्या गरि उखु बारीमा गाडिएको अवस्थामा शव फेला, एक जना पक्राउ

२०८१ पुष २०, शनिबार १७:०३
file image

सर्लाही – सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या गरि उखु बारीमा गाडिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको हरिवन नगरपालिका–१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको सोहि ठाउँको एक उखु बारीमा आज (शनिबार) बिहान शव फेला परेको हो।

गत पुस १५ गते बिहान बरहथवा नगरपालिका–९, मूर्तियाबाट पैसा लिएर आउँछु भन्दै घरबाट निस्काएका प्रसाई घर न आएपछि परिवारले खोजि गर्दै आइरहेका थिए। सोहि क्रममा आज बिहान उक्त ठाउँमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा हत्यापछि शव गाडिएको हुन् सक्ने अनुमान गरिएको छ। गाडिएको शव बरामद गरि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि प्रसाईका परिवारलाई बुझाईएको छ।

उनको हत्यामा संलग्न रहेको आशङ्कामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार