सर्लाही – मलेसियामा जनवरी १८ देखि शुरु हुने महिला यू-१९ क्रिकेट विश्वकपमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् । यस विश्वकपमा १६ देशले भाग लिदै छन् ।