सर्लाही – सर्लाहीको रामनगरमा गएराती प्रहरीले पाँच राउन्ड गोली चलाएको छ। रामनगर गाउँपालिका ५ बैजनाथ चोकमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।
उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो । मापसेमा परेका युवाहरूले झगडा गरेर ठुलो सङ्ख्यामा स्थानियहरु आएर चौकी घेराउ गर्न खोजि रहेका थिए। सोहि क्रममा स्थानीय र प्रहरीबिंच झडप भएको थियो।
झडपको क्रममा केही स्थानीयसहित एक जना प्रहरी घाइते भएको बताईएको छ। ( बिस्तृत आउँन बाँकी )