सर्लाही – धनुषामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कमला नगरपालिका-३ पर्सामा हिंजो (शनिबार) दिउँसो स्थानीय अशोक यादवका छोरा १२ वर्षीय अमरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार टिभी हेर्न प्लक बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनि गम्भीर घाईते भएका थिए। गम्भीर घाईते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र सोहि अस्पतालमा उपचारको क्रममको उनको मृत्यु भएको हो।