धनकौल – सर्लाहीमा झै-झगडा,गाली बेइज्जति मुद्दाका ५ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा साबिक जब्दि गाविस वडा नं – २ हाल लालबन्दी नगरपालिका – ३, जब्दी निवासी लोहरी चौधरी, नागेन्द्र चौधरी, महेन्द्र चौधरी, योगेन्द्र चौधरी र सिकिन्द्र चौधरी रहेका छन्।
प्रतिवादीहरूलाई झै-झगडा,गाली बेइज्जति मुद्दामा सर्लाही जिल्ला अदालतले मिति २०६२ असार २४ गते एक सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। त्यसपछि उनीहरु फरार थिए। सोहि क्रममा हिँजो (आईतबार) प्रहरीले पक्राउ गरि फैसला कार्यान्वयनको लागि सर्लाही जिल्ला अदालतमा बुझाएको छ।