बारामा लागूऔषध सेतो हेरोइनसहित एक जना पक्राउ

२०८१ पुष २२, सोमबार १३:२४

सर्लाही – बारामा लागूऔषध सेतो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-२ महुवाही टोल बस्ने ४७ वर्षीय राम सेवक प्रसाद साह रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनलाई प्रहरी चौकी पिपरपातीबाट ‍खटिएको प्रहरीको टोलीले जिल्लाको पचरौता नगरपालिका-४ इनर्वाटोलबाट लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित आईतबार पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट बरामद गरेर यस सम्बन्धमा अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार