गोडैतामा आगलागी: गोठ पूर्ण रुपमा जलेर नष्ट, केहि पशुचौपाया घाईते

२०८१ पुष २२, सोमबार १४:३२

गोडैता – सर्लाहीको गोडैता नगरपालिका-७, बिन टोलमा आगलागी भएको छ। गएराती २ बजे स्थानिय गंगाराम मुखियाको खरले छाएको फुसको गोठमा आगलागी भएको हो।

राति लामखुट्टे धपाउँन बालिएको आगोबाट सल्केर आगलागी हुँदा गोठ पूर्ण रुपमा क्षती भएको छ भने गोठमा बाँधेर राखेका केहि पशुचौपाया जलेर घाईते भएका छन्। प्रहरी चौकी गोडैताका अनुसार घटनास्थलमा टोलि खटिएको र घटनाको बिषयमा अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार