अवैध क्रसर उद्योग धमाधम बन्द गराएका सर्लाहीका प्रजिअ अधिकारीको सरुवा

२०८१ पुष २२, सोमबार २०:२९

सर्लाही – सर्लाहीका प्रमुख जिल्ला अधिकारि गोपाल कुमार अधिकारीको सरुवा भएको छ। उनको ठाउँमा सर्लाहीको नयाँ प्रमुख जिल्ला अधिकारिको रुपमा तुलसी बहादुर श्रेष्ठ आउंदै छन्। आज (सोमबार) गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारिसहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गर्दा उनि पनि परेका हुन्।

अधिकारीले पछिल्लो केहि समयमा जिल्लामा अबैध रुपमा संचालनमा रहेका क्रसर उद्योग धमाधम बन्द गराएका थिए। यसका साथै प्रजिअ अधिकारीले जिल्लाको शान्ति र सुरक्षा ब्यबस्थालाई सुधारतर्फ ल्याउने प्रयास गरेका थिए। सर्लाही नेपाल र भारत सिमा क्षेत्रमा पर्ने भएका कारण पनि संबेदनशिल जिल्ला मानिन्छ।

सिमामा हुने तस्करी, हत्या, लुटपाट देखि सीमामै खटिने प्रहरीबाटै सर्वसाधारणलाई हुने सास्तीहरु कम हुँदै गईरहेको बताउने गरिन्छ। यति मात्र नभई प्रजिअ अधिकारीले गत असोजमा जिल्लामा बाढीले बेकराल पारेको अवस्थामा स्वयं खटेर जनतालाई बाढीबाट बचाउन प्रयास गरेका थिए। स्थानीय तहसंग समन्वय गर्दै प्रभावितलाई सुरक्षित स्थानमा सार्ने देखि पिडितलाई राहत बितरण गरेका थिए।

उनले जिल्लामा केहि समयअघि बन्द गर्न निर्देशन दिएका अबैध क्रसर उद्योगहरु भने अटेर गर्दै संचालनमा आईसकेका छन्। अब सर्लाहीको सुरक्षा व्यवस्था सम्हाल्न नयाँ प्रमुख जिल्ला अधिकारिको रुपमा गृह मन्त्रालयमा सह-सचिवको रुपमा कार्यरत तुलसी बहादुर श्रेष्ठ आउंदै छन्। अधिकारीलाई जिल्ला प्रशासन कार्यालय झापामा सरुवा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार