चिन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसहित भारतमा धक्का महशुस

२०८१ पुष २३, मंगलवार ०७:२५

सर्लाही – चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज (मंगलबार) बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का नेपालसहित भारतसम्म महशुस गरिएको छ।

यस्तै नेपालका सर्लाहीसहित अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार