चीनमा भूकम्प: अहिलेसम्म ५३ जनाको मृत्यु, ६२ जना घाइते

२०८१ पुष २३, मंगलवार ११:२४

सर्लाही – आज बिहान ६.५० बजे आएको शक्तिशाली भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सी जीङपीङले भूकम्प प्रभावितको तत्काल उद्धार र राहत गर्न निर्देशन दिएका छन्। त्यस्तै चिनियाँ सेनाले ड्रोनको सहयोग लिएर प्रभावितको आँकडा संकलन गरिरहेको रिपोर्टमा उल्लेख छ ।

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपाल भारतसहित बंगलादेशसम्म महसुस गरिएको थियो। दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार