सप्तरीमा पैसा डबल बनाइदिने भन्दै लाखौँ ठगि गर्ने गिरोहका नाइके पक्राउ

२०८१ पुष २३, मंगलवार ११:३०

सर्लाही – सप्तरीमा पैसा डबल बनाइदिने भन्दै लाखौँ ठगि गर्ने गिरोहका नाइके पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ। साथै उनीमाथि हालसम्म ४ जनाले उजुरी दिएका छन।

उनीहरुले गिरोहनै बनाएर रकम डबल गरिदिने नाममा ठगी गर्ने गरेको सूचना प्राप्त भएको सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। प्रहरीले यस बिषयमा अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार