सर्लाही – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मंगलबार मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २१ शाखा अधिकृतको सरुवा गरेको हो । सरुवा सूची अनुसार ४ जना शाखा अधिकृतलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।