ड्युटीमै रहेका बेला छाती दुखेर बेहोस भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु

२०८१ पुष २४, बुधबार ०९:५३

सर्लाही – डोटीमा ड्युटीमै रहेका बेला छाती दुखेर बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

जिल्लाको बडिकेदार गाँउपालिका वडा नं. १ स्थित इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी बिहान ३ बजे देखि ६ बजे सम्मको कार्यालय ड्युटीमा रहेका थिए ।

ड्युटीमै भएको बेला एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारको लागि तत्काल स्थानीय बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारको लागी बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीको लागी रिफर गरिएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा साढे ६ बजेतिर पुर्‍याएको र ६ बजेर ४० मिनेटमा उनलाई डाक्टरले मृत घोषणा गरेको थिए। उनि डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका ५ निवासी हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार