सर्लाही – सिरहामा चिसोले कठ्याङ्ग्रिएर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मधुमेह रोगबाट ग्रसित उनको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर मृत्यु भएको हो। पछिल्लो समय तराई-मधेशमा सितलहर चलेर अत्यधिक चीसो बढी रहेको छ।
दिनभर नै बाक्लो हुस्सु र कुहिरो लाग्ने भएका कारण यातायात सञ्चालन गर्न कठिनाइ हुनुका साथै कामको लागि घर बाहिर निक्लिन नै गाह्रो भईरहेको छ। साथै, जाडो झन् झन् बढ्दै गईरहेका कारण मधेशका बिद्यालयहरु धमाधम बन्द हुँदै गईरहेका छन्।