बाराबाट १० किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

२०८१ पुष २६, शुक्रबार १०:३१

सर्लाही – बाराबाट १० किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रष्टोकाबाट पक्राउ गरिएको हो। सोहि स्थानमा उनीहरु सवार युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडी चेकजाँच गर्ने क्रममा सेतो प्लास्टिकमा प्याक गरिएको अवस्थामा १० किलो गाँजा भेटिएको थियो।

पक्राउ परेका तिनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार