सर्लाही प्रहरीद्वारा १ करोड ४ लाख भन्दा बढीको समानसहित ट्रक नियन्त्रणमा

२०८१ पुष २६, शुक्रबार १५:३२

सर्लाही – सर्लाही प्रहरीले १ करोड ४ लाख भन्दा बढीको समानसहित ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहिबार साँझ जिल्लाको बागमती नगरपालिका १२ स्थित चेकपोस्टबाट १ करोड ४ लाख पैसठी हजार तिन सय भन्दा बढीको समानसहितको ट्रक नियन्त्रणमा लिईएको हो।

बिराटनगरबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ८ ख १००१ नम्बरको उक्त ट्रकमा बिभिन्न समानहरुको बिल-बिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको ट्रक र उक्त मूल्यको सामानहरु थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार