आज ३०३ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२०८१ पुष २७, शनिबार ०६:५०

सर्लाही – आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।

उनका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा उत्तिकै सान्दर्भिक रहेका छन् । उनले भौगोलिक अवस्थालाई इंगित गर्दै नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए । उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार