लमजुङ केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २७, शनिबार १२:००

सर्लाही – लमजुङ केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो ।

जिल्लाको खुदी भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार