वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको स्कोर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कार एक आपसमा ठोक्किँए…

२०८१ पुष २७, शनिबार १४:२६

सर्लाही – वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको स्कोर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कार पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा एक आपसमा ठोक्किँए दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आज (शनिबार) दिउँसो १ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कोर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दुवै सवारीका चालकसहित ८ जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको बताईएको छ। घाईते मध्ये केहिको स्थानीय अस्पतालमा उपचार भईरहेको छ र केहिलाई उपचारका लागि चितवन पठाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार