सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद

२०८१ पुष २८, आईतवार ११:५२

धनकौल – सशस्त्र प्रहरीको टोलीले सर्लाहीको पर्सा गाउँपालिका- ६ , स्थित मंलहिया पोखरी नजिकबाट मोटरसाइकलसहित १० किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट संग्रामपुरबाट प्रहरी निरीक्षक रामहरि खडकाको नेतृत्वमा खटिएको टोलीले शनिबार दिउँसो उक्त ठाउँबाट उक्त परिमाणको गाँजा र मधेस प्रदेश ०३-०३५ त ६८९२ नम्बरको मोटरसाईकल बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको उक्त टोलीलाई देखेपछि गाँजा लिएर आएका व्यक्ति मोटरसाईकल र उक्त गाँजा छोडेर फरार भएको र बरामद मोटरसाईकल र गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पठाईएको सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट संग्रामपुरका प्रहरी निरीक्षक रामहरि खडकाले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार