राजश्री सेविंग्स एण्ड क्रेडिटको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

२०८१ पुष २८, आईतवार १५:१९

मलङ्गवा – राजश्री सेविंग्स एण्ड क्रेडिटको २४ औँ वार्षिक साधारण सभा शनिबार मलङ्गवामा सम्पन्न भएको छ। सर्लाहीको सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको राजश्री सेविंग्सका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभामा अध्यक्ष यादवले संस्थाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। जसनुसार संस्थाले रु. १९ अर्व ३६ करोड ७० लाख ३८ हजार १५८ रुपैयाँ निक्षेप संकलन, १४ अर्ब ३२ करोड ६१ लाख ६७ हजार ३११ रुपैयाँ ऋण लगानी र १ करोड १ लाख ३० हजार ६३१ रुपैयाँ नाफा कमाएको छ।

साधारण सभामा संस्थामा सबै भन्दा बढी निक्षेप संकलन गर्ने कर्मचारीहरुलाई सम्मानित गरिएको थियो। कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ, प्रबन्ध निर्देशक राम लक्षण राय, लेखा समिति सदस्य मोहन श्रेष्ठ, लेखा संयोजक रामबाबु प्रसाद साह, भुपु डिभिजन सहकारी कार्यालय प्रमुख सुरेन्द्र लाल कर्णलगायत संस्थामा कार्यरत कर्मचारी, फिल्ड कार्यकर्ता, सेयरधनी, बचतकर्तालगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार