सर्लाहीबाट कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी ४० बर्षपछि पक्राउ

२०८१ पुष २८, आईतवार १९:२६

गोडैता – प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी ४० बर्षपछि सर्लाहीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजदेबि नगरपालिका ९ निवासी ५६ बर्षिय राजु सिंह रहेका छन्।

उनलाई आज भन्दा ४० बर्ष अघि अर्थात् २६ फागुन २०५७ रौतहट जिल्ला अदालतले १६ चैत २०४१ मा भएको रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्यामा दोषी ठहर गर्दै सजायको फैसला गरेको थियो। त्यसपछि उनि फरार भएका थिए।

फरार भएर उनि सर्लाहीको चक्रघट्टा गाउँपालिका – ४, सुन्दरपुरमा धर्म र नाम परिवर्तन गरि लुकेर बसी रहेका थिए। सोहि अवस्थामा तालुक मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

उक्त मुद्दामा रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई दोषी ठहर गरेको थियो। उनलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि रौतहट जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार