सर्लाहीसहित ५६ जिल्लामा भूमि आयोगको गठन, सर्लाहीको अध्यक्षमा बिश्वकर्मा

२०८१ पुष २९, सोमबार १४:५५

सर्लाही – सरकारले सर्लाहीसहित ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् ।

आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी गरिएको छ । यसरी नियुक्त भएकामध्ये कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन् । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुनै बाँकी छ ।

सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुंग्याएका थिए ।

हेर्नुहोस् अध्यक्षहरुको सूची :

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार