राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

२०८१ पुष २९, सोमबार १८:२६

सर्लाही – राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा अध्यादेश जारी गरेका छन् । सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आएका अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

9-29__अध्यादेश-जारी_2081_Scan_20250113-1736771362.jpg

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार