
गोडैता – सर्लाहीको गोडैतामा रहेको साझा विकास बचत तथा ऋण सहकारी संथा लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा आज (सोमबार) गोडैतास्थित श्री बेणी भोला नमूना माध्यामिक बिद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो।
साधारण सभामा संस्थाका प्रबन्ध निर्देशक बिमल कुमार पण्डितले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। जसअनुसार संस्थाले उक्त आर्थिक बर्षमा १२, १०, ८७०७६.६१ रुपैयाँ सम्पूर्ण कारोबार गरेको छ।
साधारण सभामा सँस्थाका प्रबन्धक बिमल कुमार पण्डित, पुर्व सहकारी एकाउण्टेन बिन्देश्वर प्रसाद, गोडैता नगरपालिका-७ का वडा अध्यक्ष मिरेंद्र कुमार झा, गोडैता नगरपालिका-९ का वडा अध्यक्ष दशैं सहनी, संस्थाका सम्पूर्ण संचालक समिति तथा कर्मचारी, शेयर सदस्य, बचतकर्ता, स्थानीय प्रहरीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।