
सर्लाही – रोल्पामा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको लुङ्ग्री गाउँपालिका–५ गर्मी गाउँकी ३३ वर्षीया संगीताकुमारी थापा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय प्रतिकुञ्जरी सामुदायिक वनमा बिहान साढे ९ बजेतिर खर काट्ने क्रममा थापा भिरबाट एक सय मिटर तल लडेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको हो।