सर्लाहीमा बालक अपहरण गरि बन्धक बनाउने तिन जना हातहतियारसहित पक्राउ

२०८१ पुष २९, सोमबार १९:५६

गोडैता – सर्लाहीमा बालक अपहरण गरि बन्धक बनाउने तिन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा एक भारतीयसहित तिन जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका – ४, का ६८ बर्षिय रामजी साह, सोहि ठाउँ बस्ने १९ बर्षिय बिक्रम पासवान र अर्का भारतको बिहार राज्य सीतामडि राजवाडा ग्रामपंचायत मुसहर्निया टोलका २७ बर्षीय प्रवचन साह रहेका छन्।

उनीहरुले भारतीय एक १५ बर्षिय बालकलाई अपहरण गरि सर्लाहीको ब्रम्हपुरी गाउँपालिका – ४, मा पुर्याएर बन्धक बनाएर राखेको प्रहरीको भनाई छ। उक्त जानकारी जिल्ला प्रहरी कार्यालयमा आएको र उक्त सूचनाका अनुसार खटिएको प्रहरीको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

साथै अपहरण गरि बन्धक बनाएका बालकको सकुशल उद्वार गरिएको छ। प्रहरीले उनीहरुको साथबाट हात हतियारसमेत बरामद गरेको छ। प्रहरीले उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २ राउण्ड गोलि, १ थान मोबाइल, १ थान सानो धारिलो चक्कु, १ थान हथौडा र १ थान बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाईकल बरामद गरेको छ।

पक्राउ परेका तीनैजनामाथि सर्लाही जिल्ला अदालतबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धि कसुरमा ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारि प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार