सर्लाही – सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्। मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका-१० सोल्टी बस्ने २५ वर्षीय यज्ञ गौतम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति बागमती नगरपालिका-५ रेङ्बा टोल पुछरस्थित सडकमा पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गरेको बा प्र ०२-०२८ प ७५९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनिसहित दुई जना घाईते भएका थिए।

गम्भीर घाईते उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलगंवामा मृत्यु भएको हो। मोटरसाईकलको पछाडी सवार अर्का घाइतेको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भईरहेको छ।





