सर्लाहीमा घुर ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

२०८१ माघ १, मंगलवार १७:०५
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा घुर ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको कविलासी नगरपालिका – ९, सलेमपुरकि अन्दाजी ८० बर्षिया राज कुमारी देवी रहेकी छन्। प्रहरीका अनुसार उनि गत पुस १८ गते घरमै घुर ताप्ने क्रममा जलेर घाइते भएकी थिइन्।

घाईते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा हुँदै काठमाण्डौ लगिएको थियो र उनको काठमाण्डौस्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारका क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार