अपहरण तथा शरिर बन्धक मुद्दाका फरार अभियुक्त बलराबाट पक्राउ

२०८१ माघ १, मंगलवार १७:२२

सर्लाही – सर्लाही प्रहरीले अपहरण तथा शरिर बन्धक मुद्दाका फरार अभियुक्तलाई करिव डेढ बर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामडि जिल्ला ग्रामपंचायत बसबिट्टा बस्ने २२ बर्षीय सुधिर कुमार कुईरि रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई जिल्लाको बलरा नगरपालिका – ३ बाट आज (मंगलबार) दिउँसो पक्राउ गरिएको हो।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारि प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार