१ सय ११ किलो गाँजासहित एक जना पक्राउ

२०८१ माघ २, बुधबार १२:२७

सर्लाही – मकवानपुर १ सय ११ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१५ बाट कैलाश गाउँपालिका-२, डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो रहेका छन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँचचौकीमा सवारीसाधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपेर ल्याइएको गाँजासहित स्याङ्बोलाई पक्राउ गरेको हो।

स्याङ्बोलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार